PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

चिनी आयात काण्डमा राजस्व अनुसन्धान विभाग पथलैयामा अख्तियारको छापा



राधेश्याम पटेल

चिनी आयात काण्डमा राजस्व अनुसन्धान विभाग पथलैयामा अख्तियारको छापा

वीरगंग : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले राजस्व अनुसन्धान विभाग एकाइ कार्यालय पथलैयामा छापामारी गरेको छ। माघ १३ र १६ गते जलेश्वर भन्सार नाकाबाट आयात गरिएको ७२ टन चिनी सम्बन्धमा अनुसन्धान गर्न अख्तियारको टोलीले राजस्व अनुसन्धानमा छापा मारेको बुझिएको छ।

राजस्व अनुसन्धान पथलैयाका प्रमुख राजस्व अधिकृत राजनकुमार बिसीले अख्तियारको टोलीले चिनीकाण्ड सम्बन्धमा आवश्यक कागजातहरू बुझेको बताए। अनुष्का मल्टिपर्पस कम्पनी प्रालि काठमाडौंले माघ १३ र १६ गते भारतको यूपी बहराइचस्थित सिमभौली सुगर कम्पनी प्रालिले उत्पादन गरेको ७२ टन चिनीलाई जाँचपास अगावै खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय महोत्तरी जलेश्वरले म्याद गुज्रेको र म्यादमा केरमेट गरेको तथा परीक्षणको क्रममा उपभोग गर्न अयोग्य ठहर गरेको थियो।

तर, पनि भन्सार कर्मचारीको सेटिङमा उक्त चिनी जाँचपास गरी काठमाडौं लैजाने क्रममा गत फागुनबाट ३ ट्रक चिनी राजश्व पथलैयाले नियन्त्रणमा लिएको थियो। हाल जेठ १७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिले गुणस्तरहीन चिनी हालको रिपोर्टमा खान योग्य देखाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell