PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई दुई लाख जरिबाना



रासस

बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई दुई लाख जरिबाना

काठमाडौं : बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलवार कारबाही गरिएको छ। बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल दुई/दुई लाख रुपैयाँ जरिबाना गरिएको हो। उपभोक्ताका गुनासोको आधारमा लकडाउन अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायतमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारबाही गरिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell