PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

भारतबाट फर्किने क्रममा नाकामा बेहोस भएका एक जनाको उपचारका क्रममा मृत्यु



एम बम

भारतबाट फर्किने क्रममा नाकामा बेहोस भएका एक जनाको उपचारका क्रममा मृत्यु

कैलाली : भारतबाट फर्किने क्रममा नाकामा बेहोस भएका एक जनाको धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ। भारतको तमिलनाडुबाट फर्किएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको मृत्यु भएको हो।

मंगलवार कैलालीको त्रिनगर नाकाबाट स्वदेश भित्रिने क्रममा बेहोस भएका विकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। विकलाई दम र प्रेसरको समस्या रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell