PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

उच्च अदालत वीरगंजमा भर्चुअल बहस शुरु, पहिलो चरणमा अदालत र उच्च सरकारी वकिलको कार्यालयबीच बहस



राधेश्याम पटेल

उच्च अदालत वीरगंजमा भर्चुअल बहस शुरु, पहिलो चरणमा अदालत र उच्च सरकारी वकिलको कार्यालयबीच बहस

वीरगंज : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्दै भर्चुअल बहसमार्फत मुद्दाको सुनवाइ गरी न्याय सम्पादन शुरू गरेको छ। सूचना प्रविधिको प्रयोग गरेर संक्रमणको जोखिमलाई न्यूनीकरण गरी न्याय सम्पादन शुरू गरिएको अदालतले जनाएको छ।

महामारीको अवस्थामा न्यायको अनुभूति दिलाउने उद्देश्यले अस्थायी इजलास वीरगंजले बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा, निवेदन प्रतिवेदन, सार्वजनिक सरोकारको रिट निवेदन, थुनुवा भएका मुद्दा, नेपाल सरकारको तर्फबाट दायर भएका र दुवै पक्ष उपस्थित भई सुनुवाइ गरी पाउँ भनी पक्षहरूले निवेदन दिएको मुद्दा, मानाचामल एवं ७५ वर्ष नाघेका व्यक्ति तथा अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा, २०७५ असार मसान्तभित्र दर्ता भएका मुद्दा र मुद्दा फिर्ता तथा मिलापत्रलगायतका न्यायिक कार्यहरू गर्दै आएको छ।

जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पहिलो चरणमा अदालत र उच्च सरकारी वकिलको कार्यालय वीरगंजबीच भर्चुअल बहस शुरू गरिएको अदालतका रजिस्ट्रार ठाकुर खरेलले बताए। मंगलवार न्यायाधीशद्वय डिल्लीराज आचार्य र भीमकुमार ओझाको इजलासमा सहन्यायाधिवक्ता कृष्णमोहन कोइरालाले फौज्दारी मुद्दामा भर्चुअल बहस गरेका थिए।

रजिस्ट्रार खरेलले सूचना प्रविधिको माध्यमबाट भर्चुअल बहस गर्न चाहने कानुन व्यवसायीहरूले समय व्यवस्थापन तथा सेटअपको लागि ल्यापटपसहित कम्प्युटर अपरेटरसँग सम्पर्क गर्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell