PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

पोखराबाट उपचारका लागि काठमाडौं ल्याइएका संक्रमितसँग सम्पर्कमा आएका सुरक्षित, गण्डकीमा १४५ जनामा संक्रमण



पहिलोपोस्ट

पोखराबाट उपचारका लागि काठमाडौं  ल्याइएका संक्रमितसँग सम्पर्कमा आएका सुरक्षित, गण्डकीमा १४५ जनामा संक्रमण

काठमाडौं : नवलपारसी जिल्ला बर्दघाट सुस्तापूर्वमा ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ४५ पुगेको छ।

देवचुली नगरपालिकाका उनी क्वारेन्टाइनमा रहँदै आएका व्यक्ति हुन्। उनलाई रजहरस्थित सामुदायिक प्रकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

साथै पोखराबाट काठमाडौँमा थप उपचारका लागि पठाइएका व्यक्तिको सम्पर्कमा आएका सबैजना ३९ जनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell