PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

७२ औँ कोरोना सङ्क्रमित जिल्ला बनेको इलामका सङ्क्रमित भारतबाट झापा हुँदै गाउँ पुगेका थिए



पहिलोपोस्ट

७२ औँ कोरोना सङ्क्रमित जिल्ला बनेको इलामका सङ्क्रमित भारतबाट झापा हुँदै गाउँ पुगेका थिए

काठमाडौः पूर्वको इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएको छ। अहिलेसम्म १ नम्बर प्रदेशका जिल्लामध्ये इलाम र ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएका थिएनन्। मङ्गलवार स्वास्थ्य मन्त्रालयले इलाममा एक जना कोरोना पोजेटिभ बिरामी भेटिएको जानकारी दियो।

इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएको हो।

'हामीले सङ्क्रमण देखिएको जानकारी पाउने वित्तिकै अस्पताल लगिसकेका छौँ,' सूर्योदय नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराईले भनिन्। युवकलाई मोरङको गोठ गाउँमा रहेको अस्पतालमा भर्ना गरिएको छ।

कोरोना देखिएका युवक भारतको चेन्नईबाट आएका थिए। जेठ १७ गते उनी झापाको काँकडभिट्टा नाका हुँदै गाउँ आएका थिए। त्यसपछि उनलाई क्वारेन्टाइनमा राखिएको उपप्रमुख भट्टराईले भनिन्। क्वारेन्टाइनमा रहेका ४८ जनाको स्वाब सङ्कलन गरेर परीक्षणको लागि पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell