PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

खराब मुलुकतिरको यात्रामा हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै नेपाल



पहिलोपोस्ट

खराब मुलुकतिरको यात्रामा हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै नेपाल

काठमाडौंं : हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै कोरोनाका कारण सबैभन्दा खराब अवस्था भएका मुलुकको सूचीमा नेपाल थप माथितिर उकासिएको छ।

कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकको सूचीमा ८० औं स्थानमा रहेको नेपाल हिजो थपिएका संक्रमितसँगै ७७ औं स्थानमा उक्लिएको छ। हिजोसम्म नेपालमा संक्रमितको संख्या ४ हजार ८५ थियो भने आज बिहान गण्डकी प्रदेशमा एकजना संक्रमित थपिएका छन्।

नेपालले उछिनेको हङ्गेरीमा ४ हजार १७ जना संक्रमित छन्। हङ्गेरीमा कोरोना संक्रमित ५ सय ५० जनाको त मृत्यु नै भइसकेको छ। त्यसैगरी नेपालले उछिनेको लग्जेमवर्गमा ४ हजार ४६ जना संक्रमित छन्। त्यहाँ पनि १ सय १० जनाको मृत्यु भइसकेको छ। यी मुलुकको तुलनामा नेपालमा मृत्यु दर भने कम छ। नेपालमा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ। खराब मुलुकको सूचीमा शीर्ष स्थानमा अमेरिका, ब्राजिल र रसिया रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell