PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

गाँजा तस्करीका लागि अस्पतालको एम्बुलेन्स!



राधेश्याम पटेल

गाँजा तस्करीका लागि अस्पतालको एम्बुलेन्स!

वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साले ५६ केजी गाँजासहित ३ जनालाई गएराति पक्राउ गरेको छ। सिमरामा रहेको अल्पाइन अस्पतालको ना ६ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा लुकाइछिपाई भारततिर लैजान खोजेका थिए।

प्रहरी टोलीले डकैला बहुवरीबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ। प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा गएको टोलीले लागू औषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा लालबन्दी निवासी चालक जितबहादुर वाईवा, दिलबहादुर वाईवा तथा बहुदरामाई नगरपालिका भौराटार निवासी हरिशंकर महतो रहेका छन्।

उनीहरुले ३ नम्बर पुल मकवानपुरबाट सो एम्बुलेन्समा गाँजा लोड गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell