PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रहरी हिरासतमै युवक मृत फेला, आक्रमक भए स्थानीय, प्रहरीको गाडी तोडफोड



पहिलोपोस्ट

प्रहरी हिरासतमै युवक मृत फेला, आक्रमक भए स्थानीय, प्रहरीको गाडी तोडफोड

जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ।

धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरीको गाडीमा तोडफोड गरिएको छ।

प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको छ। सोही क्रममा इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोडसमेत गरिएको छ।

स्थानीयले बरकुर्वा सडक अवरुद्ध गरी छानविनको माग गर्दै प्रदर्शन गरेका हुन्। तोडफोड गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ।

भिड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ। स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुंगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell