PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

धनुषामा एक युवकको गोली हानी हत्या



पहिलोपोस्ट

धनुषामा एक युवकको गोली हानी हत्या

जनकपुरधामः धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्थानीय जय किशोर मण्डलका २५ वर्षीय छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार  मण्डलको कन्चटमा गोली हानेको देखिएको छ।

आफ्नो घरदेखि करिब १ सय मिटरको दुरीमा रहेको पोखरीको डिलमा आज बिहान मण्डल मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।

बिहानै करिब साढे ५ मा पुगेका प्रहरीले शवको प्रकृति अनुसार उनको कन्चटमा गोली हानी हत्या गरिएको देखिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैनन्। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थप भन्न सकिने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell