PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

टिपर दुर्घटनामा परी भारतबाट गाउँ जाँदै गरेका दुई जनाको मृत्यु, ६ जना वेपत्ता २७ घाइते



पी बी खड्का

टिपर दुर्घटनामा परी भारतबाट गाउँ जाँदै गरेका दुई जनाको मृत्यु, ६ जना वेपत्ता २७ घाइते

सुर्खेत : कालीकोटको नरहरिनाथ गाउँपालिका १ मा टिपर दुर्घटना भएको छ। ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

२७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए। कालिकोटको सदरमुकामबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपरमा भारतबाट आएका ३९ जना सवार थिए।

प्रहरीको टोली घटनास्थलमा पुगेको र थप विवरण आउँ बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell