PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

हात धुन सिकाउनु पनि सानो विषय थिएन : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

हात धुन सिकाउनु पनि सानो विषय थिएन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो तयार भएको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले कोरोना नियन्त्रण तयारीबिनै सुरु भएको बताए। तर, अहिले नियन्त्रणका लागि राम्रो तयारी भइरहेको उनको दावी थियो।

'तमतयारीको स्थिति राम्रैसँग बन्दै गएको छ। महामारीजस्तो विषय दलीय विषय होइन मानवीय विषय पनि हो,' उनले भने।

संसारमा कोरोनाले विकराल रुप लिए पनि नेपालमा चुस्त तयारीले विकराल रुप नलिएको ओलीको दावी थियो।

'सुरुदेखि नै सावधानी र चुस्त तयारीका कारण अरु देशमा विकराल अवस्था हुँदा पनि नेपालमा सुरुमा संक्रमण कम भयो,' उनले भने।

उनले कोरोना नियन्त्रणमा सरकारले जनतालाई हात धुन सिकाएको विषय पनि सानो नभएको ओलीको भनाई थियो।

'हात धुन सिकाएको विषय पनि सानो, स्वस्थ खान सिकाएको कुरा पनि सानो प्रयास थिएन,' उनले भने।

नेपाली कांग्रेसले पीसीआर किन नबढाएको भन्दै सोधेको प्रश्नको उत्तरमा ओलीले पीसीआर प्रयोग गर्ने कि नगर्ने भन्ने जवाफ आफूले नदिने र प्रविधिक विषय भएको बताए। 'कुन किन प्रयोग गर्ने वा नगर्ने विषय राजनीतिक होइन, प्राविधिक विषय हो,' ओलीले भने। यसलाई राजनीतिक विषय नबनाउन उनले कांग्रेसलाई आग्रह गरे।

'राजनीतिक वहसका विषय होइन। आरडीटी प्रयोग गर्ने कि नगर्ने र पीसीआर प्रयोग गर्ने कि नगर्ने मैले भन्ने विषय होइन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell