PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना संक्रमण दशैं तिहारपछि पनि केही समय लम्बिन सक्छ : प्रधानमन्त्री



पहिलोपोस्ट

कोरोना संक्रमण दशैं तिहारपछि पनि केही समय लम्बिन सक्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेट मूलत: कोराना समाप्त पार्ने कुरामा नै केन्द्रित भएको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले यसपालाको बजेट स्वास्थ्य क्षेत्रमा नै केन्द्रित भएको बताए। उनले जनजीवन समान्य बनाउन समाजका अरु पक्षलाई चट्ट बिर्सन नसिकने बताए।

बजेट कोरोना भाइरस संक्रमण केन्द्रित हुन नसकेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए। ओलीले बजेटमाथि सांसदहरुले सोधेका प्रश्नको बुधवार जवाफ दिँदै सो कुरा बताएका हुन्।

ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा पिक हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताए। तर, यस बीचमा आउने दशैं, तिहारजस्ता चाँडवाडका कारण केही समय फैलन सक्ने पनि बताए।

उनले भने, 'विश्व बैंकको तथ्यांक विश्लेषण हेर्ने हो भने साउनको अन्त्यतिर पिकमा पुग्ने र कम हुँदै गएर कार्तिकमा समाप्त हुने देखिन्छ। तर, त्यस्तो नहुन पनि सक्छ। कार्तिकमा दशैं तिहार जस्तो चाडबाडहरुमा बाहिरबाट मानिसहरु थप आउँछन्। ‍त्यसबाट संक्रमण फेरि आउन सक्छ। संक्रमण आउनसक्छ समय लम्बिन पनि सक्छ।'

सरकारले सुरुदेखि नै चुस्त तयारी गरेकाले संक्रमण नफैलिएको उनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell