PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

न्यूरोडमा व्यापारीको प्रदर्शन,'रहरले होइन बाध्यताले सडकमा, सरकार कहाँ छ ?'

न्यूरोडमा व्यापारीको प्रदर्शन,'रहरले होइन बाध्यताले सडकमा, सरकार कहाँ छ ?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको आज ७९ दिन भइसकेको छ। व्यापार व्यवसायहरु सबै ठप्प छन्। संक्रमितको संख्या बढ्दै गएको छ। मृतकको संख्या पनि बढ्दै छ।

यसबीच घरभित्रै थुनिएका सर्वसाधरणहरु लकडाउनलाई सरलीकरण गर्दै खुकुलो बनाउनुपर्ने माग गर्दैछन्। तर, सरकारले हालसम्म कुनै मोडालिटी टुंगो लगाउन सकेको छैन।

यता व्यापारीहरुले सरकारले लकडाउन खुकुलो बनाएर व्यापार गर्ने वातावरण नबनाए लकडाउन उल्लंघन गर्ने चेतावनी दिएका छन्। न्यूरोडका व्यवसायीहरुले केहिदिन अघिदेखि नै आआफ्ना पसल खोलेर सरकारलाई दबाब दिँदै आएका थिए। मंगलवार पसल खोल्न पुगेका प्रहरी र व्यापारीबीच बहस भएको थियो। बुधवार भने प्रहरीले न्यूरोड क्षेत्रमा पसल खोल्न दिएन।

प्रहरीले पसल खोल्न नदिएपछि व्यापारीहरुले न्यूरोड क्षेत्रमा प्रदर्शन गरे। उनीहरुले लकडाउनलाई सहजिकरण गर्दै राहतको प्याकेज घोषणा गर्न माग गरे।



ट्रेन्डिङ पोस्ट

Ncell