PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पाँच जिल्लाबाहेक सबैतिर छपक्कै संक्रमण : कुन जिल्लामा कति कोरोना भाइरस संक्रमित?



विधुर ढकाल

पाँच जिल्लाबाहेक सबैतिर छपक्कै संक्रमण : कुन जिल्लामा कति कोरोना भाइरस संक्रमित?

काठमाडौं : नेपालमा ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलवार इलाम जिल्लामा १ जनासहित ३ सय २३ जनामा संक्रमण पुष्टि भयो।

स्वास्थ्य मन्त्रालयको मंगलवार ४ बजेसम्मको तथ्यांक अनुसार अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३ सय ५३ जनाको नमुना परीक्षण गर्दा ३ सय २३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। मृत्यु हुनेको संख्या १५ पुगेको छ। संक्रमितमध्ये तीन हजार ७९८ पुरुष र २८७ जना महिला रहेका छन्।

संक्रमित मध्ये सबै भन्दा धेरै प्रदेश २ मा छन्। प्रदेश २ मा संक्रमितक एक हजार ३ सय ७७ जना संक्रमित भएका छन्। यहाँ संक्रमित मध्ये बारामा एक जनाको मृत्यु भएको छ।

त्यस्तै, प्रदेश ५ मा संक्रमितको संख्या एक हजार २५० जना संक्रमित भइसकेका छन्। यस प्रदेशमा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार पछिल्लो पटक दाङका एक जनाको भारतबाट नेपाल आउने क्रममा निधन भएको जनाएको छ।

प्रदेश ५ का सबै १२ वटा जिल्लामा संक्रमण पुष्टि भएको छ।

अर्घाखाँची, पाल्पा, गुल्मी र बाँकेका पनि एक/एक जनाको मृत्यु भएको छ। प्रदेश ५ मा सबैभन्दा बढी कपिलवस्तुमा संक्रमित छन्। त्यहाँ ५६६ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमणको ग्राफमा तीन मृत्यु र ६ सय ७१ संक्रमित सहित कर्णाली प्रदेश तेस्रो स्थानमा रहेको छ। यस प्रदेशका १० जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये सबैभन्दा बढी दैलेखका छन्। यहाँ ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशमा सुर्खेत, दैलेख र डोल्पामा एक/एक जनाको मृत्यु भएको छ। यस प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये १५ जना अन्य प्रदेशका नागरिक हुन्।

त्यस्तै, प्रदेश १ मा २ सय ६४ पुरुष र १८ महिला गरी २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको ओखलढुंगा जिल्ला बाहेक सबै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये सबैभन्दा बढी झापा जिल्लामा छन्। झापामा १ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। मंगलवारमात्र प्रदेश १ को इलाममा पनि संक्रमण पुष्टि भएको थियो।

सुदुरपश्चिमका सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। यहाँ १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या २ छ। संक्रमित मध्ये १ सय ३३ पुरुष र २२ जना महिला रहेका छन्।

संक्रमितमध्ये सबै भन्दा बढी कैलालीका ५९ जना रहेका छन्। कैलाली र बाजुराका एक एक जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा आज बिहान सम्मको अद्यावधिक विवरण अनुसार १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशका सात जिल्लामा संक्रमण पुगेको छ। यहाँ एक जनाको मृत्यु भएको छ। भने अझै २ वटा जिल्लाहरु मनाङ र मुस्ताङमा संक्रमण पुष्टि भएको छैन।

हालसम्म सबैभन्दा कम संक्रमित पुष्टि भएको प्रदेश वाग्मती हो। यस प्रदेशमा चार जनाको मृत्यु भइसकेको छ। प्रदेशको रसुवा जिल्लामा हालसम्म संक्रमण पुष्टि भएको छैन।

संक्रमितमध्ये चितवन जिल्लामा सबै भन्दा बढी २९ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म चितवन, ललितपुर, सिन्धुपाल्चोक र दोलखाका एक/एक जनाको मृत्यु भएको छ।

 

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell