PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रम ओलीलाई सरिता गिरीको प्रश्न: निजगढमा वन विनाश गरेर के मिलिट्री एअरबेस बनाउने?



पहिलोपोस्ट

प्रम ओलीलाई सरिता गिरीको प्रश्न: निजगढमा वन विनाश गरेर के मिलिट्री एअरबेस बनाउने?

काठमाडौं: जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले भ्रष्ट्राचारको ढाकछोप गरेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्ने क्रममा उनले अहिले भ्रष्ट्राचार भएको सुनिने र कारवाही गरेजस्तो गरेर ढाकछोप मात्र हुन लागेको आरोप लगाइन्।

गिरीले बाराको निजगढमा बन्न लागेको एयरपोर्टमा सरकारले सेनाको ब्यारेक राख्न खोजेको हो? भन्दै प्रश्न गरिन्।

'निजगढमा वन विनास गरेर के मिलिट्री एअर बेस बनाउने योजना छ?,' उनले प्रधानन्त्रीलाई प्रश्न गरेकी छिन्।

सांसद गिरीले यसअघि संसदमा भारतलाई नसोधेर सरकारले नयाँ नक्सा जारी गरेको भनेपछि विवादमा परेकी थिइन्। हिन्दीमा भाषण गर्दै उनले सरकारले भारतको सहमतिमा मात्रै नयाँ नक्सा जारी गर्नसक्ने बताएकी थिइन्। तर, आज प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा उनले नेपाली भाषामा नै अभिव्यक्ति दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell