PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रवासी मजदुरलाई जहाज चार्टर्ड गरेर घर पठाउँदै अमिताभ बच्चन



पहिलोपोस्ट

प्रवासी मजदुरलाई जहाज चार्टर्ड गरेर घर पठाउँदै अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चनले प्रवासी मजदुरलाई जहाज चार्टर्ड गरेर गन्तव्यमा पठाउने भएका छन्। यसअघि बसको व्यवस्था गरेर मजदुरलाई घर पठाएका अमिताभले रेलमार्फत पठाउने योजना सफल नभएपछि ६ वटा चार्टर्ड फ्लाइटबाट मजदुरलाई घर पठाउन लागेका हुन्।

नवभारत टाइम्सले विश्वस्त स्रोतलाई उद्धृत गर्दै अमिताभ र उनको टिमले रेलमार्फत पठाउन खोजिएका १५४७ मजदुरलाई घर पठाउन १८० यात्रु क्षमताका ६ वटा चार्टर्ड फ्लाइटको व्यवस्था गरेको जनाएको छ। जहाजको पहिलो उडान १० जुनमा हुँदैछ। मजदुरको भाडा अमिताभले नै व्यहोर्ने छन्।

यसअघि अमिताभले मुम्बईमा फसेका उत्तर प्रदेशका प्रवासी मजदुरलाई घर पठाउन १० बसको व्यवस्था गरेका थिए।

साथै धेरै मजदुरलाई एकैपटक घर पठाउन अमिताभले विभिन्न ट्रस्टसँग मिलेर रेलको व्यवस्था गर्ने प्रयास गरेका थिए। १५४७ जनाको नाम दर्ता गरिएको थियो। रेल्वे प्रशासनसँग कुराकानी पनि भएको थियो। तर, विविध कारणले सफल नभएपछि रोकिएका मजदुरलाई पठाउन चार्टर्ड फ्लाइटको व्यवस्था गरेका हुन्।

प्रवासी मजदुरलाई घर पठाउने अभियानमा बलिउड अभिनेता सोनू सूद पनि सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell