PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णालीमा थप ३७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ७०८



पी बी खड्का

कर्णालीमा थप ३७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ७०८

काठमाडौं : कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ८ पुगेको छ।

आज प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा भएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये २५ जना दैलेखका रहेका छन्।

दैलेखका संक्रमितमध्ये अवल पराजुलका २ जना र डुंगेश्वर गाउँपालिकाका २३ जना रहेका छन्।

आज संक्रमण पुष्टि भएका मध्ये ९ जना सुर्खेतका रहेका छन्। सुर्खेतको बराहताल गाउँपालिकाका र सिम्ता गाउँपालिकामा एक-एक जनामा संक्रमण पुष्टि भएको छ।  त्यस्तै गुर्भाकोट नगरपालिकामा तीन महिलासहित सात जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

जाजरकोटको छेडागाड नगरपालिकामा दुई र शिवालय गाउँपालिकामा एक गरी तीन जनामा संक्रमण पुष्टि भएको छ।  

पछिल्लो तथ्यांक अनुसार पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २९ पुगेको छ। कर्णालीमा तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell