काठमाडौः संचारकर्मी तथा लेखक चुरामणि खनालको 'नबिर्सौ वीरताको गाथा' बोलको गीत सार्वजनिक भएको छ। खनाल स्वयंको शब्द, संगीत र स्वर रहेको गीत युट्युब रिलिज भएको हो।
गीतमा खनालसँगै मनिका विश्वकर्माको पनि स्वर रहेको छ।
गीतले नेपाल-भारत सीमा विवादको विषय उठान गरेको छ। सीमा मिचिँदा नागरिक तहबाट निर्वाह गर्न सकिने भूमिकाको समेत वयान गरिएको छ। गीतको भिडियोमा गौतम खाती र साया भण्डारी फिचर्ड छन्। मनोज बस्नेतले खिचेको भिडियोलाई कथा एक्सप्रेसले प्रस्तुत गरेको हो।
संगीतकर्मी चुरामणि खनालको यो पहिलो गीत हो।