
काठमाडौं : बुधवार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। विभिन्न ठाँउका प्रयोगशालको नतिजाका आधारमा २ सय ७९ जनामा बुधवार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। बुधवार ९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म जम्मा ६ सय ७४ जना डिस्चार्ज भएका छन्।