PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रङ्गभेदविरुद्धको आन्दोलन बीच एचबीओ म्याक्सले हटायो ८१ वर्ष पूरानो फिल्म 'गन विद द विन्ड'



पहिलोपोस्ट

रङ्गभेदविरुद्धको आन्दोलन बीच एचबीओ म्याक्सले हटायो ८१ वर्ष पूरानो फिल्म 'गन विद द विन्ड'

फिल्म 'गन विद द विन्ड' एचबीओ म्याक्सबाट हटाइएको छ। साम्प्रदायीक र रङ्गभेदी पूर्वाग्रह बोकेको भन्दै अमेरिकन स्ट्रिमिङ सर्भिसबाट हटाइएको हो।

एचबीओले सन् १९३९ मा निर्मित उक्त फिल्म बारे भनेको छ: 'फिल्म तत्कालिन समय दर्शाउने सामग्री हो। पूर्वाग्रह बोक्ने त्यस फिल्म त्यस समय पनि गलत थियो र वर्तमान समयमा पनि गलत नै छ।'

फिल्म अमेरिकन गृहयुद्धको सेटिङमा बनाइएको छ जसमा दास प्रथा प्रोत्साहित गरिएको आरोप छ। गन विद द विन्ड लामो समयदेखि विवादित छ। तर, यसै महिना प्रहरी क्रुरताको शिकार बनेका ४६ वर्षे अफ्रिकी-अमेरिकी जर्ज फ्लोयडको न्यायको पक्षमा आवाज उठ्न थालेपछि यो विषय सतहमा आएको हो।

मार्गारेट मिट्सेलको उपन्यासमा आधारित फिल्मले एक पात्रलाई दासीको रुपमा प्रस्तुत गरेको छ। उक्त पात्र दास प्रथा हटाइए पछि पनि आफ्नो मालिकहरु प्रति बफादार रहन्छिन्। फिल्मले १० वटा अस्कर जितेको थियो। त्यस्तै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म समेत बनेको थियो।

ह्याटी म्याकडानीयल उक्त फिल्मकै लागि अस्करमा मनोनित भइन्। अस्कर मनोनयनमा पर्ने उनी पहिलो एफ्रो अमेरिकन अभिनेत्री हुन्।

एचबीओले हाल पनि उक्त फिल्मलाई प्ल्याटफर्ममा राख्नु 'गैरजिम्मेवार' हुने भएकाले हटाएको प्रष्ट पारेको छ। यसअघि एचबीओलाई रङ्गभेदी भएको भन्दै कार्टुन 'टम एण्ड जेरी' पनि हटाउन लगाइएको बीबीसीले जनाएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell