
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २७९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ४ हजार ३६४ जना पुगेको छ।
बुधवार पुष्टि भएका संक्रमितमध्ये प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका १ जना रहेका छन्। त्यस्तै, कोशी अस्पताल प्रयोगशालामा झापाकै ४ जनामा संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका २ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल प्रयोगशालामा उदयपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।
पोखरास्थित प्रादेशिक प्रयोगशालामा नवलपरासी पूर्वका एक जनामा संक्रमण पुष्टि भएको छ। जनकपुरको प्रादेशिक प्रयोगशालामा सर्लाहीका २ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुका ७, नवलपरासी पश्चिमका ५, प्युठानका ६, पाल्पाका १२ र रुपन्देहीका ७ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाँकेका ३ र बर्दियाका एक जनामा संक्रमण पुष्टि भएको छ। धरानस्थित विपि कोइराला प्रयोगशालामा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रयोगशालामा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सेती अस्पताल प्रयोगशालामा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २ र डेलधुराका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, धुलिखेल अस्पतालको प्रयोगशालामा सर्लाहीका १० र कपिलवस्तुका १९ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुकै २२ जनामा संक्रमण पुष्टि भएकोछ। त्यस्तै, टेकुमै भएको प्रयोगशालामा धादिङका १६, धनुषाका ११, गोरखाका ४, नुवाकोटका १, रौतहटका ५३, सर्लाहीका १५, सिन्धुपाल्चोक २, सिराहाका १ र उदयपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितहरुको संख्या ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार हजार ५५ जना पुरुष र तीन सय ९ जना महिला रहेका छन्।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन्।