PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

पर्सा अदालतले असार १ गतेदेखि न्याय सम्पादनको काम थाल्दै, २० प्रकारका सेवा दिने निर्णय



राधेश्याम पटेल

पर्सा अदालतले असार १ गतेदेखि न्याय सम्पादनको काम थाल्दै, २० प्रकारका सेवा दिने निर्णय

वीरगंज : पर्सा जिल्ला अदालतले लकडाउन तथा कोरोना भाइरसका कारण अवरुद्ध भएका केही सेवाहरु अगामी असार १ गतेबाट पुनः सञ्चालन गर्ने भएको छ।

कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितमा पनि संकमणको जोखिमलाई न्यूनिकरण गरी न्यायिक कार्यको निरन्तरता दिने उद्देश्यले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको पत्र अनुसार पर्सा जिल्ला अदालतबाट असार १ गतेदेखि लागू हुने गरी विभिन्न २० प्रकारका सेवा दिने निर्णय गरेको छ।

लकडाउनको समयमा निरन्तर रुपमा सम्पादन हुँदै आएका र केही थप समेत गरी विभिन्न कार्यहरु सम्पादन हुने पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार यस अवधिमा सरकारवादी मुद्दाहरुको अभियोग दर्ता गर्ने र प्रतिवादीको बयान गराई थुनछेक आदेशका कार्यलाई  निरन्तरता दिने, मुलुकी फौजदारी कार्यविधी सहिता, २०७४ को दफा १५५ अनुसारको निवेदन दर्ता र सुनुवाईको कार्यलाई निरन्तरता दिने लगायतको सेवाहरु रहेका छन्।

त्यस्तै, नाबालकलाई अभिभावकको जिम्मा लगाउने सम्बन्धी निवेदन दर्ता र सुनुवाईलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकको कैद छुट सम्बन्धी निवेदनको दर्ता र सुनुवाई गर्ने, अन्तरिम राहतको दावी रहेको घरेलु हिंसा, माना चामल वा भरण पोषण सम्बन्धी मुद्दाका पक्षहरु सुनुवाईका लागि निवेदन लिई उपस्थित भएमा सुनुवाई गर्ने सेवा समेत रहेका छन्।

यसैगरी, अधिकृत वारेशनामा प्रमाणित एवं विवाह दर्ता सम्बन्धी निवेदनका कार्य प्रार्थामकता निर्धारण गर्ने, मिलापत्र तथा मुद्दा फिर्ता सम्बन्धी निवेदनका कार्य लगायतका २० वटा कामहरु शुरु हुने भएको अधिकारीले बताए। लकडाउन पूर्व कसुर कायम भई सजाय निर्धारण हुन बाँकी रहेका मुद्दामा थुनामा रहेका प्रतिवादीको सजाय निर्धारण गर्ने, फरार प्रतिवादी कोरना भाइरसको पीसीआर परीक्षणका साथ उपस्थित भएमा हाजिर गराई थुनछेक सम्बन्धी कार्य गर्ने लगायतको काम समेत गरिने श्रेस्तेदार अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69968264977f39.37620685): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69968264977f39.37620685,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293