PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

[अपडेट] कालीकोट टिपर दुर्घटना : मृत्यु हुने दुई जनाको सनाखत, दुई जना अझै बेपत्ता



पी बी खड्का

[अपडेट] कालीकोट टिपर दुर्घटना : मृत्यु हुने दुई जनाको सनाखत, दुई जना अझै बेपत्ता

सुर्खेत : कालीकोटको नरहरिनाथ गाउँपालिका-१ मा भएको टिपर दुर्घटनामा परी मृत्यु हुने दुई जनाको सनाखत भएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका-२ का २१ वर्षीय सर्मिला सार्की र २१ वर्षकै थम्की सार्की रहेका छन्।

बुधवार बिहान ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए। अन्य घाइतेहरुको कालिकोटस्थित अस्पतालमा उपचार भइरहेको छ।

घाइतेसहित ३५ जना सम्पर्कमा रहेको र दुई जना बेपत्ता रहेको प्रहरीको भनाइ छ।

चालककै लापरवाहीले दुर्घटना भएको भन्दै चालक २९ वर्षीय रंगनाथ धमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर चालक कोलिकोट रास्कोट नगरपालिका-८ का हुन्।

भारतबाट आएका ३९ जनालाई लिएर टिपर रास्कोट नगरपालिका जाँदै गर्दा नरहरीनाथ गाउँपलिका-१ को कर्णाली करिडोरस्थित लालिघाटमा दुर्घटना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell