PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सरिता गिरीलाई दीपकको व्यंग्य: जो आफैँ उल्टो बगेको छ उसबाट सुल्टो आश नगरौँ



पहिलोपोस्ट

सरिता गिरीलाई दीपकको व्यंग्य: जो आफैँ उल्टो बगेको छ उसबाट सुल्टो आश नगरौँ

कलाकार दीपकराज गिरीले कालापानीबारे दिएको अभिव्यक्तिले विवादमा तानिएकी जनता समाजवादी पार्टीका सांसद सरिता गिरीलाई व्यंग्य गरेका छन्।

सरिता गिरीलाई नदीको संज्ञा दिँदै दीपकले उल्टो बगेको नदीबाट सुल्टो आश गर्न आह्वान गरेका छन्।

‘सरिताको शाब्दिक अर्थ नदी हो। सबै नदीहरू नेपाल हुँदै भारततिर बग्ने गर्दछ। तर, हामी कहाँ एउटा यस्तो नदी छ जो भारत हुँदै नेपालतिर उल्टो बगेर आएको छ,’ दीपकले फेसबुकमा लेखेका छन्, ‘जो आफै उल्टो बगेको छ उसबाट सुल्टो किन आश गर्ने? मनिषा र सरिता, यताकी छोरीले यतैको गाइन, उताको छोरीले उतैको!’

सरिताको शाब्दिक अर्थ नदी हो!! सबै नदीहरू नेपाल हूंदै भारत तिर बग्ने गर्दछ तर हामि कॉहा एउटा यस्तो नदी छ जो भारत हूंदै...

Posted by Deepak Raj Giree on Tuesday, June 9, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell