PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, प्रमुख सचेतक अरगरिया भन्छन्, ‘नलिए कारबाही हुन्छ’



कुञ्जरमणि भट्टराई

संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, प्रमुख सचेतक अरगरिया भन्छन्, ‘नलिए कारबाही हुन्छ’

काठमाडौँः संविधान संशोधन विधेयकमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले सांसद सरिता गिरीलाई निर्देशन दिएको छ। प्रमुख सचेतक उमाशंकर अरगरियाले गिरीलाई लिखित रुपमा नै पत्र इमेलबाट पठाइएको बताए। गिरीलाई घरमै पुगेर पत्र दिइने पनि अरगरियाले बताए। 

उनले भने, ‘हामीले संशोधन फिर्ता लिन लिखित निर्देशन नै दिएका छौँ। इमेलबाट पत्र पठाएका छौँ। भेटेरै पनि पत्र दिन्छौँ।’

गिरीले बुधबार संविधान संशोधन विधेयकको मूल मर्म नै सकिनेगरी संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। निशान छाप परिवर्तनसम्बन्धी विधेयकको दफा हटाउन माग गर्दै गिरीको संशोधन दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell