काठमाडौं : कोरोना कहरका कारण नेपाल आउन नपाएका थाइल्यान्डमा रहेका नेपालीहरुमध्ये २६० जना पहिलो उडानमा असार ३ गते काठमाडौं आउने भएका छन्। थाइल्यान्डस्थित नेपाली दूतावासले सूचीमा परेका २६० जनालाई जेठ ३२ गतेभित्र टिकट लिइसक्न सूचना जारी गरेको छ।
बैंककबाट काठमाडौं आउनेलाई प्रतिव्यक्ति ४७ हजार ३०० रुपैयाँ तोकेको छ। हवाई टिकटको रकम यात्रु आफैले बेहर्नुपर्ने र तोकेको समयमा टिकट नलिनेको टिकट प्रतीक्षा सूचीमा रहेकालाई प्राथमिकता दिइने दूतावासले जनाएको छ। प्रतीक्षा सूचीमा २६ जना रहेका छन्। दोस्रो चार्टर उडान छिट्टै हुने दूतावासले जनाएको छ।
यात्रुले क्वारेन्टाइनमा लाग्ने र होटलमा लाग्ने खर्चसमेत आफैले तिर्नुपर्नेछ। यसैगरी उक्त उडानमा आउनेले सात दिनभित्रको पीसीआर परीक्षणमा कोरोना नभएको प्रमाण अनिवार्य साथमा लानुपर्ने दूतावासले जनाएको छ।
को को छन् सूचीमा?
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)

