PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बिहीबारदेखि चरणबद्ध रूपमा नागरिक फर्काउँदै सरकारः समस्यामा परेकाबाटै भाडा असुल हुने, उडान भर्न कोरोना जाँच अनिवार्य



वसन्तराज उप्रेती

बिहीबारदेखि चरणबद्ध रूपमा नागरिक फर्काउँदै सरकारः समस्यामा परेकाबाटै भाडा असुल हुने, उडान भर्न कोरोना जाँच अनिवार्य

काठमाडौँः कोरोनाका कारण स्वदेश फर्कन चाहने नागरिकलाई सरकारले बिहीबार (भोलि) देखि स्वदेश फर्काउने भएको छ। जसका लागि राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने भएको छ।

बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले उडानको भाडादर पनि निर्धारण गरेको स्रोतले जनाएको छ। वायुसेवा कम्पनीको सञ्चालन खर्चलाई समेत मध्यनजर गर्दै भाडादर कायम गरिएको छ। 

मन्त्रालयले पहिलो चरणमा जुन ११ देखि २५ सम्मको तालिका तय गरेको स्रोतले जनाएको छ। दुई सातामा ६७ उडान तय भएका छन्। जसमा नेपाल वायुसेवा निगमका २४, हिमालय एयरलाइन्स १९ र विदेशी कम्पनीका २४ उडान हुनेछन्। मन्त्रालयले न्यूनतम भाडा १६५ डलर बङ्गलादेशको लागि तोकेको छ। अधिकतम १३ सय ४० डलर तोकेको छ। 

फ्रयाङ्कफर्ट-काठमाडौं उडानका लागि १२ सय ५५ डलर भाडा निर्धारण भएको छ। वायुसेवा कम्पनीले  यात्रु ल्याउँदा ८५ प्रतिशत अकुपेन्सी अनिवार्य हुनुपर्ने जनाइएको छ।

उडान गर्ने यात्रुसँग पीसीआर वा आरडीटी परीक्षणमा नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य हुनुपर्ने स्रोतले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell