PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अमेरिकामा मात्रै कोरोना संक्रमित संख्या २० लाख !



पहिलोपोस्ट

 अमेरिकामा मात्रै कोरोना संक्रमित संख्या २० लाख !

अमेरिकामा कोरोना संक्रमितको संख्याले २० लाख टेक्नै लागेको छ। आज बिहान ६:१८ बजेसम्म जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकमा संक्रमितको संख्या १९ लाख ९९ हजार ३ सय ९२ संक्रमित छन्।

संक्रमितको संख्यासँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि सबैभन्दा माथि छ। त्यहाँ अहिलेसम्म १ लाख १२ हजार ८ सय ७८ जना संक्रमितको मृत्यु भइसकेको छ।

संक्रमितको संख्या तीब्र गतिमा ब्राजिलमा पनि फैलिरहेको छ। कुनै समय निक्कै कम संक्रमित मुलुकमा थियो ब्राजिल। तर, पछिल्लो समय त्यहाँ संक्रमितको संख्याले यसरी रफ्तार लिएको छ कि त्यो स्पिडमा ब्रेक लाग्ने लक्षण देखिएको छैन। ब्राजिलमा अहिले संक्रमितको संख्या ७ लाख ७२ हजार ४ सय १६ पुगेको छ। रसियामा पनि संक्रमितको संख्या बढ्दो गतिमै छ तर ब्राजिलको रफ्तारभन्दा केही कम छ त्यहाँ। रसियामा संक्रमितको संख्या ४ लाख ९३ हजार २३ जना संक्रमित छन्। बेलायतमा संक्रमितको रफ्तार केही कम भएको छ। यद्यपि, त्यहाँ २ लाख ९१ हजार ५ सय ८८ संक्रमित छन्। मृत्यु दर हेर्ने हो भने अमेरिकापछि दोस्रो स्थानमा छ बेलायत। बेलायतमा ४१ हजार २ सय १३ जनाको ज्यान गुमिसकेको छ। खराब मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलले मृत्यु हुनेको संख्यामा पनि क्रमश बेलायतलाई उछिन्ने लक्षण देखिएको छ। अहिलेसम्म ब्राजिलमा ३९ हजार ६ सय ८० जनाले ज्यान गुमाइसकेका छन्।

बेलायतको पछिपछि छ, भारत। भारतले संक्रमित संख्यामा दुई दिनभित्रै उछिन्न सक्छ बेलायतलाई। भारतमा २ लाख ७६ हजार ५ सय ८३ जना संक्रमित छन्। भारतमा दैनिक १० हजारको हाराहारीमा संक्रमितको संख्या थपिँदो छ। भारतमा ७ हजार ७ सय ४५ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell