PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरिता गिरीको घरमा कालो झन्डा, गेटमा किक ! के प्रहरीले गर्ला कारवाही?



पहिलोपोस्ट

सरिता गिरीको घरमा कालो झन्डा, गेटमा किक ! के प्रहरीले गर्ला कारवाही?

काठमाडौं : नेपालको नयाँ नक्साको विषयमा दिएको अभिब्यक्तिले कारण निकै विवादमा तानिएकी छिन् जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी। सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच राष्ट्रियताको चर्को नारा लगाउनेक्रम जारी छ।

गिरीले भारतले हडपेको भूमिमा नेपालको प्रमाण र दाबी नपुग्ने भन्दै संसदमा संशोधन प्रस्ताव खारेज गर्ने अर्को विधेयक दर्ता गराएकी छिन्।

त्यस्तै, बुधवार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद गिरीलाई भ्रम सिर्जना नगर्न सचेत गराएका थिए। उनकै दलले पनि उनलाई विधेयक फिर्ता लिन निर्देशन दिएको थियो। प्रतिनिधिसभामा गिरीले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले निजगढमा वन फडानी गरेर एअर बेस मिलिट्री क्याम्प बनाउन थालिएको भन्दै भ्रम छरेको बताए। एकपछि अर्को गर्ने संसद गिरी आलोचित भइरहेकी छिन्।

बुधवार एक समूहले गिरीको विशालनगरस्थित घरमा पुगेर कालो झण्डा गाडेका छन्। त्यस्तै उनको घरको गेटमा प्रहार समेत गरेका छन्। झण्डा गाडेको थाहा पाएपछि प्रहरी पुगेर झण्डा हटाएको थियो।

हेमराज थापा नेतृत्वको समूहले गिरीको घरमा पुगेर झण्डा गाड्दै गेटमा लात्तीले हानेका हुन्।

'जो कसैले गरेको भए पनि यो गलत हो। हामी पहिचान गरेर कारबाही गर्छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

उनीहरुले गिरीको घरमा पुगेर सरिता गिरी मुर्दावाद, सरिता गिरी देशद्रोही लगायतका नारा लगाएका थिए। गिरीले प्रहरीलाई उजुरी दिएमा अनुसन्धान गर्ने थप दवाव पर्ने देखिन्छ। राष्ट्रियताको चर्को नारा लागिरहेको समयमा प्रहरीले गिरीका विरुद्ध उत्रिएका मानिसलाई कारवाही गर्ने साहस देखाउला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell