PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भक्तपुरमा सडकबाट पानीले बगाएका ट्रक चालक अझै भेटिएनन्



पहिलोपोस्ट

भक्तपुरमा सडकबाट पानीले बगाएका ट्रक चालक अझै भेटिएनन्

काठमाडौं : बुधवार भक्तपुरमा ढल हुँदै खोलामा बगेका एक व्यक्ति अझै फेला पर्न सकेका छैनन्। बुधवार करिब ६ बजेतिर भक्तपुरको चुनदेवी नजिकैबाट ६ ख १६१६१ नम्बरको ट्रक चालक नरबहादुर राउतलाई पानीले बगाएको थियो।

सल्लाघारीबाट निर्माण सामाग्री लिएर सूर्यविनायकतिर जान लाग्दा सडकमा बगेको पानीको बहाव चेक गर्न गएको बेला उनलाई बगाएर ढल हुँदै मनोहरा खोलासम्म पुर्‍याएको थियो। गाडीका सहचालकले पानीले बगाएपछि प्रहरीलाई खबर गरेका थिए।

'गाडी फस्छ कि भनेर चेक गर्न सर्भिस लेन हुँदै गएको बेला एक्कासी ढलको पानीले बगाएको सहचालकले जानकारी दिएका छन्,' महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले भने।

मानिस हराएपछि बुधवार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले राति १० बजेसम्म मनोहरा खोलामा खोजी गरेको थियो। आज बिहानबाट नै खोजी सुरु गरिसकेको डिएसपी गिरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell