PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कुवेतबाट आइपुगे १५० नेपाली, सेनाले पुर्‍यायो होल्डिङ सेन्टर

कुवेतबाट आइपुगे १५० नेपाली, सेनाले पुर्‍यायो होल्डिङ सेन्टर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका १५० जना नेपाली महिला कामदार स्वदेश फर्किएका छन्। पहिलो उडानमा जजिरा एयरलायन्सको जहाजबाट कुवेतमा कार्यरत नेपाली चेलीहरु आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित स्वदेशी भूमि टेकेका हुन्।

उनीहरुलाई नेपाली सेनाको टोलीले विभिन्न होल्डिङ सेन्टरमा लगेको छ। त्यहाँबाट विवरण संकलनपश्चात क्वारेन्टाइनमा पठाइनेछ। सेनाले प्रदेशगत हिसाबले छुट्याएर होल्डिङ सेन्टरमा लगेको हो।

कोरोना महामारी र लकडाउनले विदेशमा अलपत्र नेपालीलाई जहाजबाट नेपाल फर्काउने सरकारको निर्णयअनुसार १५० जनालाई ल्याइएको हो।

विमानस्थल प्रशासनका अनुसार कुवेतबाट आज दिउँसो अर्को जहाजमा थप १४९ जना फर्किँदैछन्। कुवेतबाट २ हजार ९९१ जनाले फर्किन चाहेका छन्। उनीहरुलाई चरणबद्ध रुपमा नेपाल ल्याइने पर्यटन मन्त्रालयले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell