काठमाडौं : नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित पुष्टि भएकामध्ये २३० पुरुष र २० महिला रहेका छन्।
योसँगै संक्रमितहरुको संख्या चार हजार ६१४ जना पुगेको छ। जसमध्ये चार हजार २८५ पुरुष र ३२९ महिला छन्।
संक्रमित भएकामध्ये तीन हजार ७३८ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ८६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। आजै मात्र १८७ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आज संक्रमण पुष्टि भएकामध्ये विराटनगरको प्रादेशिक प्रयोगशालामा सुनसरीका तीन जना रहेका छन्। त्यस्तै, नारायणी अस्पताल प्रयोगशालामा रौतहटका तीन जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, हेटौंडामा भएको परीक्षणमा बारा र धादिङका सात/सात जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ रौतहटका १५ र महोत्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा झापाका ३ जनामा संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, भेरी अस्तपाल प्रयोगशालामा भएको परीक्षणमा बाँकेका १३ र रोल्पाका १४ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेतमा भएको परीक्षणका क्रममा दैलेखको ४८ र सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २९, प्युठानका ४ र कपिलवस्तुका १ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ७, बाजुराका १८ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको छ।
धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा नवलपरासी बर्दघाट सूस्ता पश्चिमका ६ जनामा संक्रमण पुष्टि भएको छ। टेकु अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ३९ र कपिलवस्तुका १ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म संक्रमण पुष्टि भएकामध्ये प्रदेश १ का १३ जिल्लाका ३०७ जना रहेका छन्। त्यस्तै, प्रदेश २ का सबै ८ जिल्लाका एक हजार ६७१ जनामा संक्रमण पुष्टि भएको छ।
वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या १४७ पुगेको छ। गण्डकी प्रदेशमा पनि संक्रमितको संख्या १४७ पुगेको छ। त्यहाँ ९ जिल्लामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ का सबै जिल्लामा एक हजार ३९९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ जना संक्रमित छन् भने सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लामा संक्रमितको संख्या १९२ पुगेको छ।