PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

सुदूरपश्चिममा ४ दिने शिशुसहित थप २७ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो १९१



एम बम

सुदूरपश्चिममा ४ दिने शिशुसहित थप २७ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो १९१

कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ। धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये एक ४ दिनको शिशु पनि रहेका छन्। बाजुराको बुढीगंगा नगरपालिकाका ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell