PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरुप्रसाद भट्टराई नियुक्त, दुई सचिवको पदस्थापन



पहिलोपोस्ट

रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरुप्रसाद भट्टराई नियुक्त, दुई सचिवको पदस्थापन

काठमाडौँः सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरुप्रसाद भट्टराईलाई नियुक्त गरेको छ। महोत्तरीका भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको प्रस्तावमा नियुक्त गरिएको हो। 

मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई नियुक्त गरेको हो। यस्तै, सार्वजनिक जग्गा संरक्षण तथा जाँचबुझ आयोगको म्याद ६ महिना थप गरिएको छ। रिक्त सदस्यमा स्याङ्जाका पूण्यप्रसाद भुसाललाई नियुक्त गरिएको छ। 

यस्तै, सहसचिवद्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई मन्त्रिपरिषदले बढुवा र पदस्थापन गरेको छ। सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ। 

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell