PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सीमा विवादमा प्रमाण खोज्न सरकारले बनायो समितिः उप्रेती संयोजक, अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्य सुवेदी पनि सदस्य



पहिलोपोस्ट

सीमा विवादमा प्रमाण खोज्न सरकारले बनायो समितिः उप्रेती संयोजक, अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्य सुवेदी पनि सदस्य
photo: orfonline.org

काठमाडौँः सरकारले नेपाल भारत सीमा विवादमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समिति गठन गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विज्ञ समिति गठन भएको जानकारी दिए। 

नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा समिति गठन गरेको हो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त समिति गठन भएको हो। 

समिति सदस्हरुमा अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्यप्रसाद सुवेदी, इतिहासकार रमेश ढुङ्गेल, कानुनविद् विपीन अधिकारी, जलविज्ञानविद् जगत भुसाल र नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल रहेका छन्। यस्तै अन्य सदस्यहरुमा अवकाशप्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधिका रुपमा अप्सरा चापागाईँ रहेकी छन्। उनको विषय विज्ञता सरकारले निर्णयमा खुलाएको छैन। 

यस्तै समितिमा परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव रामप्रसाद सुवेदीलाई सदस्य सचिव तोकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell