PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रेस्टुरेन्टबाट प्याकिङ घर लैजान मिल्ने, क्वारेन्टाइन बनाइएका होटलमात्र सञ्चालनमा आउने



पहिलोपोस्ट

रेस्टुरेन्टबाट प्याकिङ घर लैजान मिल्ने, क्वारेन्टाइन बनाइएका होटलमात्र सञ्चालनमा आउने

काठमाडौँः सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। धेरै प्रकारका व्यवसाय निश्चित मापदण्डका आधारमा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ। कोरोना प्रभावको असर हेरेर पुनरावलोकन गर्नेगरी सरकारले निर्णय गरेको हो। 

निर्णय अनुसार घरमा होटल तथा रेस्टुरेन्ट पनि आंशिक रुपमा सञ्चालनमा आउने भएका छन्। आवश्यक प्रोटोकल सेवा प्रदायकले नै तयार पार्नेछन्। 

रेस्टुरेन्टहरु घरमा प्याकिङ गरेर लैजानेगरी सञ्चालनमा आउनेछन्। यस्तै, होटलहरु भने क्वारेन्टाइन बनाइएका मात्र सञ्चालनमा आउनेछन्। अन्य भने बन्द नै रहनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell