PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रदर्शनका नाममा अनावश्यक भिडभाड नगर्न गृह मन्त्रालयको अनुरोध, अटेर गर्नेलाई कारबाही



पहिलोपोस्ट

प्रदर्शनका नाममा अनावश्यक भिडभाड नगर्न गृह मन्त्रालयको अनुरोध, अटेर गर्नेलाई कारबाही

काठमाडौं : गृह मन्त्रालयले जुलुस प्रदर्शन तथा शान्तिपूर्ण धर्नाका नाममा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ। मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा लकडाउनको आदेशको अवहेलनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘नेपाल सरकारको आदेश बमोजिम आवश्यक काम नपरी हिँडडुल गर्न नहुने, हिँडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु भए गरेको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

लकडाउनको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले १०० देखि ६०० रुपैयाँ सम्म जरिबाना र १ देखि ६ महिनासम्म थुनामा राखी कारबाही गर्न सक्ने मन्त्रालयले स्मरण गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell