PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

निजी सवारीमा जोर बिजोर शुक्रबारदेखि नै लागू हुने, सरकारीको हकमा असार १ गतेदेखि



पहिलोपोस्ट

निजी सवारीमा जोर बिजोर शुक्रबारदेखि नै लागू हुने, सरकारीको हकमा असार १ गतेदेखि

काठमाडौँः सरकारले लागू गरेको निजी सवारीमा जोरबिजोर प्रणाली शुक्रबारदेखि लागू हुने भएको छ। काठमाडौं उपत्यकाभित्र भोलिबाट नै निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा नियम लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

भोलि जोर वा बिजोर के चल्न दिने भन्ने विषयमा छलफल भइरहेको एसएसपी ढकालले बताए। सरकारी कार्यालयको हकमा गुड्ने कर्मचारी बोक्ने बसमा भने असार १ गतेबाट यो नियम लागू हुनेछ।

सरकारले मोटरसाइकलमा चालक मात्र र चार पाङ्ग्रे सवारीमा चालक बाहेका दुई जना राख्न पाउने व्यवस्था गरेको छ। त्यस्तै कर्मचारी बोक्ने सवारीले पनि एक सिटमा एक जना राखेर दूरी कायम गर्नुपर्ने ढकालले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र १२ लाख सवरी दर्ता भएका छन्। जसमा दैनिक १० लाख सडकमा गुड्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell