PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोरोनाका कारण विश्वभर फुटबलका गतिविधि ठप्प हुँदा फिफा वरियता यथावत



रासस

कोरोनाका कारण विश्वभर फुटबलका गतिविधि ठप्प हुँदा फिफा वरियता यथावत

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा रहेको हो।

गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो। नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन्। भारत १०८ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। भूटान १८९ औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलंका २०६ औँ तथा पाकिस्तान २०० औँ स्थानमा रहेको छ। नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ।

त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौँ स्थानमा छ। त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन्।

पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा परिवर्तन भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell