PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

एसईई परीक्षा नगर्ने सरकारको निर्णयको एनसीईले गर्‍यो स्वागत, भर्ना अन्योल चिर्न सुझाव



रासस

एसईई परीक्षा नगर्ने सरकारको निर्णयको एनसीईले गर्‍यो स्वागत, भर्ना अन्योल चिर्न सुझाव

काठमाडौं : शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णयको स्वागत गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को बुधवारको बैठकले स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धाङ्क पत्र दिने गरी निर्णय गरेको थियो। साथै आगामी दिनमा उक्त परीक्षाको प्रबन्धका लागि शिक्षा ऐनमा संशोधन गर्ने सरकारको तयारी छ।

एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बिहीवार विज्ञप्ति जारी गरी सरकारको उक्त निणर्यले लाखौँ बालबालिकामा परेको मनोवैज्ञानिक असर कम गर्ने जनाउँदै कक्षा १२ लाई मात्रै एसईई परीक्षाको मान्यता दिने गरी स्थगित अन्य परीक्षाका बारेमा चाँडै निर्णय गर्न आग्रह गरेको छ।

सो अभियानले वैकल्पिक विधिबाट पठनपाठनका लागि विद्यालयका स्रोत साधन उपलब्ध गराउन र विद्यार्थी भर्नाका नाममा निजी विद्यालयमा देखिएको अन्योल चिर्न पनि सुझाव दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell