PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भोलिबाट जोरबिजोर प्रणाली लागू : शुक्रवार जोर नम्बर भएका सवारी चल्ने, यस्तो छ व्यवस्था



पहिलोपोस्ट

भोलिबाट जोरबिजोर प्रणाली लागू : शुक्रवार जोर नम्बर भएका सवारी चल्ने, यस्तो छ व्यवस्था

काठमाडौं : सरकारले जोरबिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेअनुसार शुक्रवार जोर नम्बर भएका सवारी साधन चल्न पाउने भएका छन्।

काठमाडौं उपत्यकाभित्र शुक्रवारबाटै निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा सो नियम लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

‘जोर गतेको दिन जोर नम्बर भएका सवारी र बिजोर गतेको दिन बिजोर नम्बर प्लेट भएका सवारी चल्ने छन्,’ एसएसपी ढकालले भने।

सरकारी कार्यालयको हकमा गुड्ने कर्मचारी बोक्ने बसमा भने असार १ गतेबाट यो नियम लागू हुनेछ।

सरकारले मोटरसाइकलमा चालक मात्र र चार पाङ्ग्रे सवारीमा चालक बाहेका दुई जना राख्न पाउने व्यवस्था गरेको छ। त्यस्तै कर्मचारी बोक्ने सवारीले पनि एक सिटमा एक जना राखेर दूरी कायम गर्नुपर्ने ढकालले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र १२ लाख सवरी दर्ता भएका छन्। जसमा दैनिक १० लाख सडकमा गुड्ने गरेका छन्। चालकबाहेक अन्य दुई जना बोक्न पाइनेछ। नर्सरी लगायतका व्यवसाय सञ्चालनमा आउनेछन्।

पूर्वाधारका सबै आयोजना निर्वधा सञ्चालन हुनेछन्। निर्माण सामाग्री उत्खनन्, संकलन ढुवानी लगायतका सबै काम खुला भएका छन्।

सञ्चालित व्यवसायका कामदार ल्याउने पुर्‍याउने प्रयोजनका लागि पनि तोकिएको शर्त पूरा गरेर सवारी साधन सञ्चालन गर्न पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell