PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

जोरबिजोर प्रणाली र पसल सञ्चालन गर्न दिइने सरकारको निर्णयको चेम्बर अफ कमर्सद्वारा स्वागत



रासस

जोरबिजोर प्रणाली र पसल सञ्चालन गर्न दिइने सरकारको निर्णयको चेम्बर अफ कमर्सद्वारा स्वागत
Photo: google.com/maps

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सरहानिय रहेको चेम्बर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ। सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय माक्स र स्यानिटाइजर उचित प्रयोग र सामाजिक दुरी कायम गर्दै जानुपर्ने विज्ञप्तिमा भनिएको छ।

सरकारले उपत्यकालाई सिल गरेकामा यसलाई निरन्तरता दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ। रातको समयमा उपत्यका बाहिरबाट व्यक्तिहरु उपत्यका भित्रिने गरेकामा त्यसलाई रोक्नुपर्ने बताइएको छ। सरकारले कर तिर्ने समयलाई बढाएर सहुलियत दिनेमा पनि संस्थाले विश्वास व्यक्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell