PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

तीन महिना पछि फेरि सुरु भयो ला लिगा, पहिलो खेलमा सेभियाको जित



पहिलोपोस्ट

तीन महिना पछि फेरि सुरु भयो ला लिगा, पहिलो खेलमा सेभियाको जित

कोरोनाको महमारी फैलिएसँगै तीन महिनायता रोकिएको स्पेनिस ला लिगा गए रातिबाट सुरु भएको छ। खाली रंगशाला र कडा स्वास्थ नियमहरुबीच सुरु हुने ला लिगा युरोपको शीर्ष लिगहरु मध्ये दोस्रो लिग हो। जर्मन बुन्डेस लिगा यसअघि नै सुरु भइसकेको छ।

गएराति भएको खेलमा सेभियाले बेटिसमाथि २-० गोलअन्तरले जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो। सेभियाको जितमा लुकास ओकाम्पोस र फर्नान्डोले गोल गरे।

खेलको ५६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुकासले गोल गरेका थिए। त्यस्तै फर्नान्डोले त्यसको ६ मिनेटमै अर्को गोल गर्दा सेभियाले सहज जित निकाल्न सफल रह्यो।

खेल सुरु गर्दै गर्दा खाली रंगशालामा गर्ने भनेर निर्देशिका जारी गरे पनि निर्देशिका लत्याउँदै ठूलो संख्यामा समर्थकहरु स्टेडियम बाहिर आएका थिए।

खेल स्पेनमा कोरोनामा निधन भएकाहरुको सम्झनामा केही मिनेट मौनधारण गरेपछी सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell