PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

खराबको सूचीमा बेलायतलाई पछि पार्दै भारतको अग्रता, कोरोना संक्रमित मुलुकको चौथो स्थान कब्जा



पहिलोपोस्ट

खराबको सूचीमा बेलायतलाई पछि पार्दै भारतको अग्रता, कोरोना संक्रमित मुलुकको चौथो स्थान कब्जा

नयाँ दिल्ली : कोरोना भाइरसका कारण संसारका खराब मुलुकहरुको सूचीमा बेलायतलाई पछि पार्दै भारत शीर्ष ४ मा उक्लिएको छ। बिहीवार एकै दिन ११ हजार भन्दा धेरै संक्रमित फेला परेको भारतले कूल संक्रमितको संख्यामा बेलायतलाई पछि पारेको हो। बिहीवार भारतमा सबैभन्दा धेरै संक्रमित फेला परे भने मृत्यु हुने संख्यामा सबैभन्दा धेरै रेकर्ड भयो।

भारतमा एकै दिन ११ हजार नयाँ संक्रमण भेटिएको यो पहिलो पटक हो। झन्डै ४ सय जना मानिसले कोरोनाका कारण बिहीवार भारतमा ज्यान गुमाए। बिहीवार रातिसम्मको तथ्याङ्

कअनुसार भारतमा संक्रमितको संख्या २ लाख ९८ हजार १ सय ९१ पुगेको छ। टाइम्स अफ इन्डियाले भारतीय प्रान्तीय सरकारले जारी गरेको तथ्याङ्कका आधारमा संक्रमितको संख्यामा बेलायतको भन्दा धेरै भएको जनाएको हो। यद्यपि, जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा भने संक्रमितको संख्या कम नै देखिएको छ।

बिहीवार भारतमा ११ हजार ४ सय ४२ नयाँ संक्रमित थपिएका हुन्। अब विश्वका खराब मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका, ब्राजली र रसियामात्र छन्। भारतमा जुन महिनामा मात्रै १ लाख ६ हजार ५ सय ९४ जना संक्रमित थपिएका छन्। यही महिनाको ११ दिनमा ३ हजार ९७ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell