PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पर्वतमा १३ र स्याङ्जामा २२ नयाँ संक्रमित, तनहुँमा पनि थपिए एक



पहिलोपोस्ट

पर्वतमा १३ र स्याङ्जामा २२ नयाँ संक्रमित, तनहुँमा पनि थपिए एक

काठमाडौं : गण्डकी प्रदेशका ४ जिल्लामा ३७ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपरासी वर्दघाट सुस्ता पूर्व १ जना संक्रमित थपिएको गण्की प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

पर्वतको कुस्मा नगरपालिकाका १० जना संक्रमितमध्ये एक जना मणिपाल अस्पतालमा उपचाररत व्यक्तिमा संक्रमण देखिएको हो। पर्वतकै एकजनाको ठेगाना खुलेको छैन। पर्वतको बिहादी गाउँपालिका र पैयु गाउँपालिकाका एक एक जनामा संक्रमण देखिएको छ।

स्याङ्जाको वालिङ नगरपालिकामा २ जना संक्रमित भेटिएका छन्। गल्याङ नगरपालिकामा १८ जना संक्रमित थपिएका छन्। अर्जुन चौपारी गाउँपालिकामा र ठेगाना नखुलेको स्थानीय निकायमा एक एक जना संक्रमित थपिएका छन्।

तनहुको घिरिङ गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन्। नवलपरासीको मध्यविन्दु नगरपालिकामा १ जना संक्रमित भेटिएका छन्।

गण्डकी प्रदेशमा भेटिएका नयाँ सबै संक्रमित पुरुषमात्र रहेका छन्। उनीहरु ३ वर्ष उमेरदेखि ६६ वर्षसम्मका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell