PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अमेरिकामा २० लाख संक्रमित हुँदा ब्राजिलमा ८ लाख क्रस, रसियाको पछिपछि भारत



पहिलोपोस्ट

अमेरिकामा २० लाख संक्रमित हुँदा ब्राजिलमा ८ लाख क्रस, रसियाको पछिपछि भारत

काठमाडौं : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २० लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले आज बिहान ६:१८ बजे जारी गरेको तथ्याङ्क अनुसार अमेरिकामा २० लाख २२ हजार २१ जना संक्रमित रहेका छन्। त्यहाँ १ लाख १३ हजार ७ सय ८३ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकाको न्युयोर्क सबैभन्दा प्रभावित क्षेत्र हो जहाँ ३० हजार ५ सय ८० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। न्युजर्सीमा मर्नेको संख्या १२ हजार ४ सय ४३ रहेको छ।

संक्रमितको संख्यामा ब्राजिलको उछाल कायमै छ। ब्राजिलमा ८ लाख पार भएको छ संक्रमितको संख्या। ८ लाख २ हजार ८ सय २८ जना संक्रमित रहेको ब्राजिलमा मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ। त्यहाँ अहिलेसम्म ४० हजार ९ सय १९ जनाले ज्यान गुमाएका छन्।

तेस्रो स्थानमा रहेको रसियामा ५ लाख १ हजार ८ सय संक्रमित पुगेका छन्। धेरै संक्रमित रहेका मुलुकको तेस्रो स्थानमा रहेको रसियामा मृत्युदर भने अन्य मुलुकको तुलनामा न्युन छ। रसियामा अहिलेसम्म ६ हजार ५ सय २२ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्याका आधारमा अमेरिका र युरोपेली मुलुकभन्दा मृत्युदर भारतमा पनि कम छ। त्यहाँ ८ हजार १ सय २ जनाले ज्यान गुमाइसकेका छन्।

२ लाख ९२ हजार ८ सय ६० जना संक्रमित रहेको बेलायतमा मृत्यु हुनेको संख्या ४१ हजार ३ सय ६४ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell