PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लकडाउनको मोडालिटी फेरिँदा प्रहरीको दुई नयाँ काम : नम्बर प्लेट हेर्नु र सवार यात्रु गन्नु

लकडाउनको मोडालिटी फेरिँदा प्रहरीको दुई नयाँ काम : नम्बर प्लेट हेर्नु र सवार यात्रु गन्नु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : लकडाउनको मोडालिटी फेरिरएसँगै आज सडकमा ह्वात्तै सवारीहरु देखिए।

सार्वजनिक सवारी नखुलाए पनि सडकमा जाम हुनका लागि निजी गाडी र मोटरसाइकल पर्याप्त छन्। त्यसमाथि चार पाङ्ग्रे र दुई पाङ्ग्रेमा जोर विजोर नियम लागू गरिएको छ। आज जोर नम्बर भएका निजी सवारी मात्र चल्ने दिन। तर, सडकमा जोर बिजोर दुवै नम्बर प्लेटका सवारी देखिए। ट्राफिक व्यवस्थापनमा जुटेका प्रहरीको सक्रियता आज दुई हिसाबले देखियो। पहिलो सक्रियता जोर र बिजोरमध्ये बिजोर नम्बर प्लेट भएका कार र मोटरसाइलकलाई नियन्त्रणमा लिनु। दोस्रो सक्रियता चाहिँ तोकेभन्दा बढी सवार भएका छन् कि छैनन् हेर्नु।

लकडाउनको नयाँ कार्यविधि अनुसार मोटरसाइकलमा दुई जना चढ्न निषेध छ। कारमा चालकसहित ३ जनाभन्दा बढीमा रोक लगाइएको छ। ट्राफिक प्रहरी आज बिहानैदेखि मोटरसाइकल र कारमा मान्छे गन्ती गर्न पनि खटिएका थिए। त्यसैले सडक किनारामा मोटरसाइकल र कारहरु रोकिएका छन्, नियम उल्लंघन गरेवापत्।



ट्रेन्डिङ पोस्ट

Ncell