PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

सर्लाहीको सीमा क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु



पहिलोपोस्ट

सर्लाहीको सीमा क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु

जनकपुरधाम : भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ।

सर्लाहीको पर्सा गाउँपालिकास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडपमा एक जना भारतीय नागरिकको मृत्यु भएको हो। त्यस्तै, तीन जना घाइते भएका  छन्। मृत्यु हुनेको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहबाहादुर जिसीले जानकारी दिए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र दुईजनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए। पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो। त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell