PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

'ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर! संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’

'ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर! संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भक्तपुरमा युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। सरकार कोरोना नियन्त्रण भन्दा अन्य कुरामा अल्झिएको भन्दै सरकारी वेथितिविरुद्ध उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले ‘ढुंगे बगर ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर’, ‘संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’, सारा नेपाली सिड्नीमा, बजेट गया किड्नीमा’, केपी बा, केपी बा, मोनो रेल खै? पानी जहाज खै, घरघरमा ग्यासको पाइपलाइन खै? १० अर्ब खै जस्ता नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell